हेटौंडामा अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन

मकवानपुर- मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई हेटौंडामा अभिनन्दन गरिएकाे छ । बुढ्यौली साहित्य समाज मकवानपुरकाे वार्षिक उत्सवमा थापालाई शनिबार थापालाई नगद २ लाख रुपैयाँसहित अभिनन्दन गरिएकाे हो ।
साहित्यका कथा, कविता, दाना कविता र नाटकमा विशेष कलम चलाउने थापाले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएकामा मकवानपुरका १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्त रूपमा अभिनन्दन गरेको हो । यस्तै कार्यक्रममै अभिनन्दन ग्रन्थका रूपमा तुल्सी थापाकै विषयमा विभिन्न व्यक्तिकाे लेख समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ । अभिनन्दन ग्रन्थमा थापाको व्यक्तित्व, कृतित्वका साथै उन विषयमा तयार पारिएका रचनासहित ३६ वटा लेख समेटिएको छ ।
लामाे समय शिक्षण सेवामा सेवारत थापा निवृत्त भएपछि साहित्य लेखनमा क्रियाशील थापाकाे सम्मानमा बुढ्यौली साहित्य समाज मकवानपुरले २ लाख रुपैयाँ बराबरको अक्षय कोष समेत स्थापना गर्ने भएकाे छ । अक्षय कोष स्थापना गरेर बुढ्यौली साहित्य समाजले तुल्सी सरको सम्मानमा साहित्यकारलाई पुरस्कृत गरिने अध्यक्ष आरसी रिजालले जानकारी दिए ।
भक्तपुरका साहित्यकार कविराज घिमिरेको बुढ्यौली खण्डकाव्य समेत विमोचन गरिएकाे कार्यक्रममा सुदर्शन अधिकारी, निमेष निखिल, प्रताप विष्ट र पुरुषोत्तम आचार्यले थापाको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गरेका थिए ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हास्य व्यङ्ग्यकार एवम् एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) को विशिष्ट आतिथ्य रहेकाे थियाे ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_E9Sk4ZztXn_xyb1u7pjyi8eqbw89yizqbrtuonvgmxc7ys5zpq4z5rtaq0pjk4nkqsdozrv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया