कैलालीमा थप दुई कोभिड संक्रमितको मृत्यु, मृतकको संख्या ४६ पुग्यो

धनगढी : कैलालीका थप दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । आइतबार साँझ टीकापुर नगरपालिकाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै जिल्लाको गोदावरी नगरपालिका-३ का ६२ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको छ । कोभिड संक्रमणपछि अस्पताल भर्ना भएका ती पुरुषको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । वैशाख ८ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका उनीमा ९ गते कोभिड पुष्टि भएको थियो । उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो ।
योसहित गोदावरी नगरपालिकामा १३ जना संक्रमितको मृत्यु भएको छ भने जिल्लामा ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया