फिफा विश्वकपः अर्जेन्टिना क्वार्टरफाइनलमा

काठमाडौँ- अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रि-क्वार्टरफाइनल खेलमा अस्ट्रेलियालाई २-१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम ८ मा प्रवेश गर्यो ।
अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक-एक गोल गरे । अर्जेन्टिनाका इन्जो फर्नान्डेजले गरेको आत्मघाती गोलका कारण अस्ट्रेलियाले एक गोल फर्कायो ।
मेस्सीले ३५ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।
अर्जेन्टिनाका इन्जोले ७७ औँ मिनेटमा आत्मघाती गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया