‘कुभिण्डोको कथा’को मञ्चनसँगै सकियो नाट्य महोत्सव

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण शनिबार सकिएको छ । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ मंसिर ९ गतेदेखि सुरु भएको फेस्टिभल १७ गते सकिएको हो ।
समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालगायतका रङ्गकर्मीहरुको उपस्तिथि थियो ।मन्त्री शर्माले समाजमा भएका घटना र कथाहरुलाई प्रस्तुत सन्दर्भमा नाटक महत्वपूर्ण विधा रहेको बताए । उनले यस्तो महत्वपूर्ण क्षेत्रमा सरकारको पर्याप्त ध्यान नपुगेको र आगामी दिनमा सरकारले यो कमजोरी सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
शर्माले भने, ‘ यति महत्वपूर्ण क्षेत्रमा सरकारको आँखा पुगिरहेको छैन । यहाँहरूले आवश्यक सहयोग प्राप्त गर्नुभएको छैन जुन मैले महसुस गरेको छु ।’ मण्डला थिएटरकी निर्देशक सिर्जना सुब्बाले महोत्सव भव्य रुपमा सम्पन्न गराउने भूमिका खेल्ने देशी विदेशी पाहुनासँग नाट्यकर्मीलाई धन्यवाद दिइन् । सुब्बाले कोभिड १९ को लामो अन्योलपछि सुस्त रहेको रङ्गमञ्चलाई महोत्सवलाई चलायमान बनाउने अपेक्षा व्यक्त गरिन् ।
नाट्य महोत्सवको अन्तिम दिन ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो । यसैगरी समापन कार्यक्रम अघि दयाहाङ राई निर्देशित ‘कुभिण्डोको कथा’को मञ्चन भएको थियो । महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास पनि सञ्चालन भएका थिए ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया