मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस
काठमाडौँ : उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले नेकपा (एमाले) का संस्थापक अध्यक्ष तथा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको पोखरेलले बताएका छन् ।
अधिकारीको आज २२ औं स्मृति दिवसको अवसरमा प्रस विज्ञप्ति जारी गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक वर्ष काठमाडौँमा कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड-१९ को संक्रमणका कारण यस वर्ष औपचारिक कार्यक्रम नराखिएको विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीले स्थापित गरेकाआदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको पोखरेलले बताए । ‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
अधिकारीले नेपालको विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको उल्लेख गर्दै पोखरेलले भनेका छन् ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’
पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार थिए । ‘२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो ।
तत्कालिन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन्' विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

प्रतिक्रिया