सिभिल बैंकको नेपालगञ्ज र जानकीमा 'गो क्यासलेस' अभियान सुरु

काठमाडौँ- सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ । जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्यक्रम उक्त कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमतिदेवी कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्ट, स्थानिय बुध्दिजिवि मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मुल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जानकी गाउँपालिकाका उपाध्यक्ष कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिइन् र यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट बैंक कारोबार गर्न बैङ्किङ साक्षरता पनि प्रदान हुने कुरा बताइन् ।
त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगंजका उपनिर्देशक छबिलाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायीहरू सहभागी थिए ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_2oYt1QA6tR_uqunishesnfnbritehieuqkywprfz35kmui7qvhud4vu8nd3qcmedtif0egd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया