यी हुन् प्रतिनिधि सभातर्फ समानुपातिकमा ५ हजारभन्दा कम मत ल्याउने १० पार्टी

काठमाडौं- आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् । समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।
यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३३२, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५, नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ ।
देशभर १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । एमालेले २७ हाल ८८ हजार ३५६ मत ल्याएको हो । यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया