मकवानपुरमा पुनर्निर्माण : बेवास्तामा सरकारी अनुदान
२६ सय लाभग्राही प्राधिकरणसँग सम्झौता गर्नै आएनन् !

हेटौंडा : २०७२ सालको महाभूकम्पपछि मकवानपुरमा निजी आवास पुनर्निर्माणको लाभग्राही सूचीमा परेका २६ सय ७६ लाभग्राही सम्झौता गर्नै आएनन् ।
जिल्लामा भूकम्पले ३७ हजार ५ सय ५ घर पूर्ण क्षति गरेको थियो। भने १० हजार २ सय ४७ घरमा आंशिक क्षति गरेको थियो। जसमध्ये पूर्ण क्षति व्यहोरेका ३५ हजार ७६ लाभग्राहीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास बनाउन सम्झौता गरेका छन् । यस्तै प्रवलीकरण तर्फ १० हजार २ सय ४७ घर पहिचान भएकामध्ये ८ हजार १ सय १५ लाभग्राहीले मात्रै सम्झौता गरेका छन् ।
प्रवलीकरण तर्फ आंशिक क्षति भएका २ हजार १ सय ३२ लाभग्राही सम्झौता गर्नै नआएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख बिमल किशोर केपीले बताउँछन् । पूर्ण क्षतिको पहिचान भएर सम्झौता भएका ३५ हजार ७६ लाभग्राही मध्ये पहिलो किस्ता ३४ हजार ३३२ लाभग्राहीले लिएका छन् । त्यस्तै दोस्रो किस्ता २७ हजार ६ सय ८३ जनाले र तेस्रो किस्ता २३ हजार ३ सय ४१ जनाले लिए ।
मकवानपुर जिल्लामा समग्रमा ९३ प्रतिशत लाभग्राहीले निजी आवास निर्माण गरेको प्रमुख केपी बताउँछन् । मकवानपुर जिल्लामा भूकम्पले आशिंक क्षति पुर्याएर प्रवलीकरण तर्फ ८ हजार ७ सय ९९ जनाले पहिलो किस्ता लिएका थिए । तर, उनीहरू मध्ये एक प्रतिशत अर्थात १ सय ७ जनाले मात्रै दोस्रो किस्ता लिएका छन् ।
उनका अनुसार भूकम्पले क्षति पुर्याएको घर प्रवलीकरण गर्न लाभग्राहीले रुचाएनन् । प्रवलीकरण तर्फका ५ हजार लाभग्राहीले भवनको पुनर्निर्माण गर्ने भएका छन् । अन्य ३५ सयले भने सामान्य मर्मत् गर्ने भएको प्रमुख बताउँछन् । भूकम्पले क्षति पुर्याएका भवनको प्रवलीकरण गर्न महंगो हुने भएकाले लाभग्राहीले रुची नदेखाएको उनको भनाई छ । यस्तै जिल्लामा भूकम्पपछि प्राधिकरणका इन्जिीनियर पुग्नुपूर्व नै घर निर्माण गरेका ६ सय २२ जनालाई पहिलो, दोस्रो र तेस्रो किस्ता एकमुष्ट रुपमा ३ लाख ५० हजार उपलब्ध गराइएको छ । जिल्लामा निजी आवास तर्फ १ अर्ब २२ करोड रुपैयाँ खर्च भएको प्रमुख केपीले जनाउँछन्। यही असार मसान्तसम्म निजी आवास निर्माणको सम्पूर्ण काम सक्ने उनले भनाइ छ । छिटपुट बाँकी रहेका निजी आवास निर्माणको काम असारपछि स्थानीय सरकारलाई हस्तान्तरण हुने उनी बताउँछन् ।
३०५ विद्यालयको पुनर्निर्माण
मकवानपुर जिल्लामा ०७२ सालको भूकम्पछि विद्यालयको भौतिक संरचनामा व्यापक रुपमा परिवर्तन भएको छ । भूकम्प प्रतिरोधी, बालमैत्री, अपाङ्गमैत्री विद्यालयका भवनहरू बनेका छन् । जिल्लामा भूकम्पबाट क्षति भएका ५ सय १६ विद्यालयमध्ये हालसम्म ३ सय ५ विद्यालयको पुनर्निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
जिल्लामा विद्यालयको भवन, शौचालय, खानेपानी निर्माणमा २ अर्ब ७१ करोड खर्च भइरसकेको जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रि पाठकले जानकारी दिन्छन् । भवनको आवश्यकता परिपूर्ति भएपनि त्यसको संरक्षण र सम्वर्धनमा स्थानीय सरकारले पनि चासो देखाउनुपर्ने उनको भनाई छ । ‘भूकम्पपछि बनेका भवनमा रंगरोगन गर्नसमेत विद्यालयको आर्थिक अवस्थाले पुग्दैन’, उनी भन्छन् ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया