शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

दोलखामा माओवादीका कार्कीको अग्रता

फाइल फोटो

दोलखा - दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् । 

हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । यसअघि शिवाकोटीको अग्रता थियो ।
    
दोलखा–१ (१) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि छन् । हालसम्म ३९ हजार एक सय ६९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २१ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १४ हजार ४२ मत प्राप्त गरेका छन् । 

प्रदेशसभा २ मा  नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए । १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।