‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे

काठमाडौँ- पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् ।
जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका छन् । यसैगरी अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । २३ वर्षीय पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकरपछि अन्य खेलाडीको तीन गोल गरेको छ ।
स्पेनका अल्भारो मोरटा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी, इंग्ल्यान्डका मार्कुस रसफोर्ड, फ्रान्सकै ओलिभर जिरौउड, इक्वेडरका इनर भ्यालेन्सिया र नेदरल्यान्ड्सका कोडी गाक्पोले समान तीन गोल गरेका छन् ।
कतार विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । जहाँ सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट अवार्ड प्राप्त गर्नेछन् ।

मेसी र मोड्रिकलाई अन्तिम अवसर

अर्जेन्टिनाविरुद्ध बदला लिने नेदरल्यान्ड्सको दाउ
ब्राजिललाई क्रोएसियाको चुनौती

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

कतार फिफा विश्वकप २०२२ : जापान र क्रोएसिया भिड्दै

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा कांग्रेसका खाँ विजयी

फिफा विश्वकप २०२२ : वेल्स र अमेरिकाले खेले बराबरी

प्रतिक्रिया