सरकारी निर्देशन बेवास्ता गर्ने ११ बोर्डिङका संचालक र प्रिन्सिपल पक्राउ

जनकपुरधाम : बढ्दै गएको कोभिड-संक्रमणलाई दृष्टिगत गरी विद्यालय बन्द गर्ने सरकारको निर्णयलाई बेवास्ता गर्ने सप्तरीका ११ निजी विद्यालयका संचालक तथा प्रिन्सिपल पक्राउ परेका छन् । नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) तथा जिल्लाका डिएमसीसीले नयाँ भेरियन्टसहितको कोभिड महामारीलाई दृष्टिगत गर्दै बैशाख १० गतेदेखि विद्यालय बन्द गर्ने निर्देशन दिएको थियो ।
सो निर्देशनलाई बेवास्ता गर्दै राजविराजका विद्यालय संचालन गर्दै आएका ११ जना निजी विद्यालयका संचालक तथा प्रिन्सिपललाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लक्ष्मी इंग्लिस बोर्डिङ्ग स्कुलका राजेश कुमार यादव, वैधनाथ कुमार झा, बुलन्द साह, ह्यापी ल्याण्ड सेकेण्ड्री स्कुलका शैलेन्द्र ठाकुर, जानकी सेकेन्डरी बोर्डिङ्ग स्कुलबाट हरिकिशन राम, एन्जलबाट नरेन्द्र प्रसाद देव, पिसजोन राजविराजबाट उमाकान्त साह र रिमा झा, ग्रिन इंग्लिसबाट मनोज यादव, लिटलबाट डा. कामन्त देव र ग्रिन इंग्लिसबाट मनोज यादव रहेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जनाए ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयद्वारा गठित अनुगमन समितिले अनुगमनको क्रममा तिनीहरुलाई नियन्त्रणमा लिएको छ। राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोख्रेलसहितको टोलीले अनुगमनको क्रममा तिनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने वा पहिलो पटकका लागि सम्झाई बुझाई छोडने भन्ने विषयमा छलफल भइरहेको प्रहरी उपरिक्षक धमलाले बताएका छ ।

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_wz5oIaZqlf_zj4zykiprva0bosy3au0ufqpc8fn1mtgkaxqadgxpjp1463whvzqhre9d0mb.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_e9NZBtAmdN_xag0uwlxy0u0mbxakhsev6wn1xrswhaqsxpjltyjxzk2rontahiavxn99lll.jpg)
प्रतिक्रिया