हेटौंडामा मास्क नलाउने २३ जनालाई कारबाही

हेटौंडाः हेटौंडामा मास्क नलगाउने २३ जनालाई प्रहरीले जरीवाना गरेको छ । सोमबार प्रहरीले मास्क नलगाई बजारमा हिडेका २३ जनलाई एक सय रुपैयाँको दरले जरीवाना गरेको हो ।
यस्तै हेटौंडामा निजी सवारीमा लागू गरिएको जोर बिजोर प्रणालीको अवज्ञा गर्दै चलाएका ६८ सवारीलाई प्रहरीले जरीवाना गरेको छ । जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने ५५ वटा मोटरसाइकल, ७ अटो, ५ म्याजिक र मयुरी एकलाई एक सय रुपैयाँको दरले जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता अविनाश अधिकारीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा भीडभाड बढेको भन्दै निजी सवारीमा आइतबारबाट जोरबिजोर लागू गरेको थियो ।प्रहरीले हेटौंडा बजारमा मास्क नलगाई हिड्नेलाई प्रत्येक बिहान निशुल्क मास्क वितरण समेत गर्दै आएको छ ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया