कारबाओ कप जितेपछि ग्वार्डिओलाको प्रतिक्रिया : ‘सबैभन्दा महत्वपूर्ण उपाधि जित्न बाँकी छ’

काठमाडौँ : म्यानचेस्टर सिटीले आइतबार काराबाओ कप जित्यो । फाइनलमा टोटनहमलाई पराजित गरेपछि सिटी लगातार चौँथो पटक लिग कप च्याम्पियन बन्यो । सिजनको पहिलो उपाधि जितेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रतिक्रिया थियो ‘अब सबैभन्दा महत्वपूर्ण उपाधि जित्न बाँकी रह्यो’।
इंग्लिस प्रिमियर लिगमा अब दुई खेल जिते सिटी च्याम्पियन बन्नेछ । प्रिमियर लिगमा अब पाँच खेल बाँकी छ । ती खेलबाट छ अंक बटुले, सिटीले लिग जित्नेछ । ‘अब हामीले च्याम्पियन्स लिग सेमिफाइनलका लागि तयारी गर्नुछ । त्यसपछि हाम्रो लक्ष्य दुई लिग खेल जित्नेछ । जसको सहयोगले हामीले सबैभन्दा महत्वपूर्ण उपाधि जित्नेछौँ,’ ग्वार्डिओलाले भने ।
सिटीले बुधबार क्रिस्टल प्यालेसको सामना गर्दैछ । त्यो पनि क्रिस्टल प्यालेसकै मैदानमा । त्यसपछि सिटीले लिगमा चेल्सी र न्यूकासल युनाइटेडसँग खेल्नेछ । प्यालेस र चेल्सीसँगका खेलहररूको बीचमा सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्ने तालिका छ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया