आज प्रिक्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै
काठमाडौं - कतार फिफा विश्वकपअन्तर्गत मंगलबार दुई खेल आयोजना हुँदैछन् । पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । इजुकेसन सिटी मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
राति पौने एक बजे पोर्चुगल र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । खेल लुसेल मैदानमा हुने तालिका छ । दुई खेलका विजेता सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् ।
यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त हुनेछन् । यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया