दार्शनिक उपन्यास ‘सत्यवती’ बजारमा

काठमाडौं : वरिष्ठ पत्रकार तथा लेखक कमल रिजालद्वारा लिखित उपन्यास ‘सत्यवती’ सार्वजनिक भएको छ । महाभारतको कथामा आधारित दार्शनिक उपन्यास हो – सत्यवती ।.
उपन्यासमा तत्कालीन महाभारतको कथा मात्र छैन, त्यसैको माध्यमबाट वर्तमान समयलाई पनि सम्बोधन गरेको छ । मूलतः सत्यवती र ब्यास बीचमा भएको संवादमा आधारित उपन्यासले पूर्वीय दर्शनको सार, विषेशता र गूढ रहस्यलाई पिँधसम्म उधिनेर त्यसमा पलाएको विकृति र सामाजिक विसंगतिलाई छिमलेको छ ।
लेखक रिजालको यस अघि विभिन्न विधाका दर्जनौ पुस्तक प्रकाशित छन् भने सत्यवती उनको चौथो औपन्यासिक कृति हो । सत्यवती उपन्यासको सन्दर्भमा लेखकले भनेका छन् – ‘महाभारतको विषयबस्तुमा टेकेर व्यास र सत्यवतीको संवादलाई पूर्वीय दर्शनको आवरणमा राख्ने प्रयास गरेको छु , यसको बाँकी समीक्षा गर्ने जिम्मा पाठकलाई छाडेको छु ।
सांग्रिला बुक्सले प्रकाशन गरेको ‘सत्यवती’ उपन्यासको यसको मूल्य ४ सय ९५ रहेको छ ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया