कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य
काठमाडौँ - कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । कर्णाली प्रदेशका प्रत्यक्षतर्फको २४ सिटमा महिला र दलितको उपस्थिति नदेखिएको हो ।
कर्णालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९(९ सिट जितेका छन् । एमालेले पाँच सिट जितेको छ । एकजना मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसमध्ये अधिकांश खसआर्य पुरुषका बाहुल्यता छ ।
यस्तै सुदूरपश्चिम प्रदेश सभाको ३२ सिटमा पनि महिला र दलित प्रतिनिधित्व देखिँदैन । यहाँ नेपाली कांग्रेसले १२ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । आठ सिटसहित माओवादी केन्द्र दोस्रो दल बनेको छ ।
नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले तीन, एकीकृत समाजवादीले तीन सिटमा जित निकालेका छन् । एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो प्रदेशमा पनि अधिकांशमा खस आर्य पुरुषकै बाहुल्यता देखिन्छ । यहाँ महिला र दलितको प्रतिनिधित्व पुर्याउन समानुपातिक सिटको भर पर्नुपर्ने देखिएको छ ।

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

डोटीका ११.६८ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमाको पहुँचमा

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

घाँस काट्न गएका वीरेन्द्रको मृत्यु

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सुनौलो तोपचराको सङ्ख्या घट्यो

प्रतिक्रिया