जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे राष्ट्रपति भण्डारी

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । मंगलबार शीतल निवास पुगेर उनले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।
पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि राउत चर्चामा छन् । एक साताअघि काठमाडौं आइपुगेका राउतले सबै दलका शीर्ष नेतालाई भेटिसकेका छन् । उनले प्रमुख दलका शीर्ष नेताहरूलाई भेटेर राजनीतिमा आफ्नो स्पेस खोजेको संकेत दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा उनले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको जनमत पार्टीले प्रतिनिधिसभामा पाँच सिट पाउने देखिएको छ ।
जनमतलाई सरकारमा सामेल गर्न सत्तारुढ गठबन्धनले प्रस्ताव गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया