निर्वाचन खर्च बुझाउँदै जुम्लाका उम्मेदवार

जुम्ला - प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले निर्वाचनमा गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउन थालेका छन् । एक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवारमध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द्र चौलागाईंले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।
उनले भने, `प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले रु १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले रु चार लाख ३८ हजार, गोमा कुँवर (गौतम)ले रु २१ लाख ९९ हजार, डाक्टर कलबहादुर रोकायाले रु १३ हजार बराबरको निर्वाचन खर्च विवरण बुझाएका छन् ।`
प्रदेशसभा (१) तर्फ देवेन्द्रबहादुरी शाहीले रु १० लाख २८ हजार, ललितजङ्ग शाहीले रु आठ लाख ६६ हजार, राजेश्वर देवकोटाले रु एक लाख ८३ हजार पाँच सय निर्वाचन खर्च भएको विवरण बुझाएका छन् । यस्तै प्रदेशसभा ९२० तर्फ टेकराज पछाईले रु १० लाख २१ हजार, धनबहादुर बस्नेतले रु दुई लाख ५२ हजार पाँच सय र बिर्खबहादुर रावतले रु एक लाख ६३ हजारको खर्च विवरण बुझाएका छन् ।
प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले खर्च विवरण बुझाएका छैनन् । प्रदेशसभा (१) बाट एमालेका उम्मेदवार धीरेन्द्रराज गिरीले पनि खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै प्रदेशसभा (२) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा समाजवादी पार्टीका नेता पदमबहादुर रोकायाले निर्वाचन खर्च बुझाएका छैनन् ।
पहिलो हुने निर्वाचित प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ ।
रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया