गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री भन्छन्- 'सरकार असंवैधानिक भएपछि अविश्वास प्रस्ताव ल्यायौँ'

पोखरा : गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार असंवैधानिक भएपछि अविश्वास प्रवस्ताव ल्याएको बताएका छन् । उनले विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस गर्दै यस्तो बताएका हुन् ।
गुरुङ सरकार अलोकतान्त्रिक र प्रतिगमनकारी भएकोसमेत उनले बताए । नेपालीले सदनमा राखेको भनाइको सम्पादित अंश :
प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक कदमलाई हामीले प्रतिगामी कदम भन्यौँ । संविधान भन्दा बाहिर जानु आफैँमा प्रतिगमन हो । प्रधानमन्त्री केपी ओलीले गरेको सदन विघटनलाई सही भन्दै हिँँड्ने र विपीको २०१५ को सरकार पनि काम गर्न नसकेको भन्ने तर्क दिनुभयो मुख्यमन्त्री गुरुङले । प्रदेश सरकार पनि प्रतिगमनको मतियार बन्यो । गण्डकी प्रदेशका जनताको भावनको प्रतिकुल छ । गण्डकी प्रदेश सरकारले पनि संविधानको अवहेलना गरेको छ ।
संविधानको धारा १८८ मा स्पष्ट व्यवस्था छ कि मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भयो भने विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर हाम्रो मुख्यमन्त्रीले त्यसलाई वेवास्ता गर्दै विश्वासको मत लिनुभएन । सरकार जब अल्पमतमा जान्छ, तब राजीनामा दिएर मार्ग प्रश्स्त गर्नु पर्छ । पार्टीले समर्थन फिर्ता लिइसकेपछि पनि कुर्चीमै बस्नुले कुनै दृष्टिकोणबाट त्यसलाई राम्रो भन्न सकिन्न ।
जुन हिउँदे अधिवेशन आह्वान भएको थियो, हिउँदे अधिवेशनलाई वैशाख १ गते मध्यरातमै अन्त्य गरियो । केन्द्रमा जुन प्रतिगनमकारी कदम चालियो, त्यो राति १२ बजे पत्र पुर्याइयो । यहाँ पनि सोही गरियो किनकी मुख्यमन्त्रीले संसद फेस गर्न डराउनुभयो । तर हामी प्रतिनिधि यहीँ थियौं । सरकारलाई समाएर ल्यायौं । माननिय मुख्यमन्त्रीले लोकतन्त्रको मार्गमा हिँडाउनु भयो । तर अविश्वास फेस गर्न डराएर अधिवेशन अन्त्य गर्नुभयो ।
कुनै प्रतिपक्षले केही विषय ल्याउँदा सरकार भाग्छ भने रहने विकल्प भनेको विशेष अधिवेशन हो । यो प्रदेशलाई १ नम्बर प्रदेश बनाउने कुरामा पनि यो सरकार चुकेको छ । प्रत्येक आर्थिक वर्षका बजेट खर्च गर्न सकेको छैन । आज कोरोना बढिरहेको छ । यसले के भन्छ भने यो बिचमा सरकारले पिसिआर बढेको भए आज यो अवस्था आउने थिएन होला । तिनै परिस्थितिलाई हेरेर संसदलाई छल्ने प्रवृत्ति देखेर अविश्वासको प्रस्ताव ल्याएका हौं । लोकतन्त्रलाई सबल बनाउँदै गण्डकीलाई १ नम्बर प्रदेश बनाउन चुकेको हो । कार्यान्वयन गर्न नसक्दा नीति तथा कार्यान्वयन त्यस्तै भएका छन् ।
बेरुजु बढेर गएको छ र प्रदेश सरकारमा आर्थिक अनियमितता देखिएको छ । आइसीयू भेन्टिलेटरको व्यवस्था गर्न १ वर्षमा पनि अझै सकेन । कोरोनाको उपचारका लागि एक अस्पतालबाट अर्को अस्पतालमा लाँदा जनताको ज्यान गएको बेला आफ्नो पार्टीको आन्तिरक समस्यामा अल्झने र प्रधानमन्त्रीको कदमलाई सही भन्दै बस्दा यो सरकार चुकेको छ । सत्ता सहयात्रीमाथि पनि निर्मम प्रहार भयो । सरकार अहिले असंवैधानिक भइसक्यो । यो अवस्थामै सरकार चलिरहे प्रदशेको उन्नति कम हुँदै जाने छ । त्यसैले हामीले अविश्वासको प्रस्ताव ल्याएका छौँ ।

वर्तमान व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

मुस्ताङको घरपझोङ स्वास्थ्य शिविरमा तीन सय ५३ जना लाभान्वित
जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा तिवारी
_LWu4ptiVKj_pauqh44cefajkmvce8yrjuzckcq0tsn78z6nkdkehaleobyjgbhp7ms5rzan_murgrS1pTF_iaqyminplsn8oy5p6c33zacvkqft09oxm4bpefktdknxnxxnu7xnulo83cmh.jpg)
पालिकास्तरीय अस्पताल भवन अलपत्र

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रतिक्रिया