स्विट्जरल्याण्डमाथि पोर्चुगलको जित, रामोसको ह्रयाट्रिक

काठमाडौँ- पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति भएको प्रि-क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल अन्तिम ८ मा प्रवेश गरेको हो ।
पोर्चुगललाई शानदार जित दिलाउन गोनकालो रामोसले ह्याट्रिक पुरा गरे । उनले १७, ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । जारी विश्वकपमा ह्याट्रिक पुरा गर्ने उनी पहिलो खेलाडी हुन् ।
यता पेपेले ३३ औँ, राफायल गुरेरोले ५५ औँ तथा राफायल लियोले दोस्रो हाफको इन्जुरी समयमा एक-एक गोल गरे ।
स्विट्जरल्याण्डका लागि म्यानुएल अकान्जीले ५८ औँ मिनेटमा एक गोल फर्काए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया