वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण हुन्छ : महासचिव भुसाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरतका कायम गर्ने बताए । उनले अबका केही सातामा बन्ने नयाँ सरकारले राष्ट्रको विकासका साथै जनताको सामाजिक रुपान्तरणका लागि योजनाबद्ध रुपमा सशक्त कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे ।
यसैबीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई औपचारिक समारोहमा पार्टीमा स्वागत गरिएको थियो । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र रुपमा उम्मेदवार दिएका गुरुङ निर्विरोध निर्वाचित हुनुभएका थियो । उनले पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शप्रति आफ्नो आकर्षण भएकाले उक्त सङ्गठनमा आबद्ध भएर जनसेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
जनताको आर्थिक तथा सामाजिक सेवामा सक्रिय हुन स्वतन्त्र सदस्य एक्लै नभई सङ्गठन वा पार्टीमा आबद्ध भएर जानुपर्ने भएकाले पनि आफू एकीकृत समाजवादी पार्टीमा निःशर्त औपचारिक रुपमा प्रवेश गरेको प्रष्ट पारे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया