सर्वोच्च न्यायाधीशहरूको पूर्ण बैठक जारी, प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था छैन : संसद्

काठमाडौँ- सर्वोच्च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएपछिको सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको हो ।
गत १ फागुनमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको बुधबार संघीय संसद सचिवालयले जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ ।
उक्त प्राप्त गरेका जबरा बुधबार नै सर्वोच्च अदालत हाजिर हुन आउने चर्चा चलिरहेका बेला न्यायाधीहरुको पूर्र्ण बैठक बसेको हो ।
यसैबीच, संसद सचिवालयले प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको जनाएको छ ।
अघिल्लो प्रतिनिभिसभामा दर्ता भएको प्रस्ताव अर्काे प्रतिनिधिसभा ‘ट्रान्सफर’ हुने व्यवस्था नरहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको उनको भनाइ छ ।

बाँकेमा सम्बन्ध बिच्छेद गर्नेहरू बढ्दै

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार

कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ

सुनिल पौडेलबिरूद्द अर्को भ्रष्टचारको मुद्दा

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’

पाटन अदालतको इतिहासमा पहिलो पटक दुई वर्षे मुद्दा शून्यमा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छा…

प्रतिक्रिया