सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ- सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले सयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।
नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै सरकारविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको जानकारी दिएको हो ।
महासंघले किसानको समस्याबारे प्रधानमन्त्री र उद्योगमन्त्रीलाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाउने जनाएको छ । कार्तिक १६ गतेको मन्त्रिपरिषद बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्दै मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रुपैयाँ तोके पनि यो मूल्यले किसानलाई लाभ पुग्ने स्थिति नरहेको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताए ।
किसान आन्दोलनको दबाबका कारण भए पनि धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरु नगरेका कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको उनले बताए ।
धानबाली भित्र्याउने समय सुरु हुनासाथ धान खरिद प्रकृया अगाडि बढाउनुपर्नेमा सम्पूर्ण उत्पादित धान व्यापारीकहाँ पुग्न लाग्दासम्म धान खरिद गर्ने सरकारको निकाय मुकदर्शक बनेर बस्नु दु:खद भएको अध्यक्ष दंगालले बताए ।
महासंघले आन्दोलनको कार्यक्रम अन्तर्गत यही मंसिर २३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रीय कार्यालयमा धर्ना दिने, मंसिर २५ गते खाद्य कम्पनीको देशभर रहेका कार्यालय तथा डिपोमा धर्ना दिँदै तालाबन्दी गर्ने जनाएको छ ।
निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

किसानलाई रु ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री
कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

बागलुङका पाँच किसान पुरस्कृत

कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत, द…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

प्रतिक्रिया