प्रधानन्यायाधीशको महाअभियोग निष्क्रिय भयो भनेर लेखिएको चिठ्ठी षडयन्त्रपूर्ण छ : बार अध्यक्ष

काठमाडौँ–नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग निष्क्रिय भनेर लेखिएको चिठ्ठी षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
महाअभियोग पहिलो संसद्ले आगामी ससद्को विषय बनाइसकेकाले यस विषयमा अहिले गरिएको निर्णय संविधान विपरीत भएको उनको भनाइ छ ।
‘पहिलो संसद्ले नै आगामि संसद्को विषय बनाइसकेको छ,’ अध्यक्ष घिमिरेले इकागजसँग भने, ‘सभामुखले तोक लगाएर अर्को संसद्मा पेश गर्नु भनिसक्नु भएको थियो । अहिले आएर लेखिएको चिठ्ठी गैरजिम्मेवारीपूर्ण र षडयन्त्रपूर्व गरिएको निर्णय हो । यो चिठ्ठी संवैधानिक र कानुन विपरीत छ ।’
संघीय संसद् सचिवालयले न्यायधीश राणा विरुद्धको महाअभियोग निष्क्रिय भएको भन्दै बुधबार पत्र पठाएको थियो । महअभियोग निष्क्रिय भएको भन्दै राणा बुधबारै अदालत जाने तयारीमा रहेका छन् । तर, यसको विरोध स्वरूप कानुन व्यवसायीहरू सर्वोच्च अगाडि धर्नामा छन् । ‘यस्तो मजाक भएकाले हामी विरोध स्वरुप सर्वोच्च अगाडि उभिइरहेका छौँ,’ अध्यक्ष घिमिरेले भने ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया