१५०० मेगावाटका नयाँ पीपीए प्रकरण : ऊर्जा मन्त्रीको प्रस्ताव आज पारित भएन

काठमाडौं- नयाँ सरकार गठनको आखिरी दिनहरूमा आएर नेपाल विद्युत् प्राधिकरणलाई दीर्घकालीन आर्थिक भार पर्ने नयाँ विद्युत् खरीद सम्झौता (पीपीए) खुलाउने ऊर्जा मन्त्री पम्फा भुसालको योजना आज (बुधबार) सफल हुन सकेन ।
आज अपरान्ह बसेको सञ्चालक समिति बैठकमा अधिकांश सदस्यहरू अनुपस्थित भएका कारण पहिलो नम्बरमा रहेको उक्त एजेन्डामा छलफल नै नभइ टुंगिएको प्राधिकरण स्रोतले बताएको छ ।
आजको बैठकमा राजस्व सचिव रामेश्वर दंगाल, सञ्चालकहरू राजेन्द्रबहादुर क्षेत्री ‘सफल’, भक्तबहादुर पुन ‘जलान’ र कपिल आचार्य अनुपस्थित भएको स्रोतले जानकारी दियो ।
आजको सञ्चालक समिति बैठकमा १५०० मेगावाटका नयाँ पीपीए खुलाउने एजेन्डा पहिलो नम्बरमा थियो । ‘आज बैठकै बसेन, र यो विषय (पीपीए) को चर्चासमेत भएन,’ स्रोतले भन्यो ।
नयाँ सरकार गठन हुन केही दिन बाँकी रहेको र आफ्नो कार्यकालको अन्तिम समयमा आएर प्राधिकरणलाई दीर्घकालीन भार पर्ने विषय पारित गराउन खोजेको भन्दै आज दिनभरि ऊर्जा मन्त्रालय र प्राधिकरणमा मन्त्री भुसालको आलोचना भएको थियो ।
सरकारकाे बहिर्गमनका बेला हतार हतारमा पीपीए खुलाउने एजेन्डाबारे आज दिउँसाे इकागजले समाचार प्रकाशित गरेकाे थियाे ।
र यो पनि
जाँदाजाँदै विद्युत् प्राधिकरणलाई अर्बाैं भार पार्ने पीपीए गर्दै ऊर्जामन्त्री

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया