कांग्रेसका १२९ नेता र कर्मचारीहरूको पीसीआर परीक्षण

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित पदाधिकारी, केन्द्रीय सदस्यहरूको पीसीआर परीक्षण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामामा आज नेताहरू र केन्द्रीय कार्यालयका कर्मचारीहरूसहित १२९ जनाको पीसीआर परीक्षण गरिएको कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
अहिले कांग्रेसको केन्द्रीय कार्यसमिति १०४ सदस्यीय छ ।
पीसीआर परीक्षण गरेपछि नेता पौडेलले आइसीयू र भेन्टिलेटरको उचित प्रबन्ध गर्नुपर्ने, विदेशबाट आउने नागरिकलाई नाका र विमानस्थलमा नै कोभिड परीक्षण गर्नुपर्ने बताए । उनले स्वास्थ्य तयारीमा ढिलाइ भएको बताए ।
त्यस्तै पौडेलले कोरोनाका कारण महाधिवेशन प्रभावित नहुने बताए । उनले पार्टीभित्रको क्रियाशील सदस्यता वितरणका साथै समायोजनको काम छिटै सम्पन्न गर्नुपर्ने उल्लेख गरे ।
कोभिड परीक्षणका लागि भन्दै कांग्रेसले आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बैंशाख १५ गतेसम्म स्थगित गरेको थियो । यसअघि सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको पीसीआर परीक्षणपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया