सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु

काठमाडौँ - सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका- ३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक विदेशी नागरिकसहित दुई जना घाइते भएका छन् ।
नारायणगढबाट काठमाडौं आउँदै गरेको ना ४१प ५४८ नम्बरको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ जादै गरेको बागमती प्रदेश ०३–००१च१६८२ नम्बरको पिकअप गाडी ठोक्किएका थिए । मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअपमा सवार एक जना घाइते भएका छन् ।
मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते भएकी हुन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया