अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्दैन : कुलमान घिसिङ

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।
बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताएका हुन् । उनले नेपालमा उत्पादन विद्युत् नेपालमा नै खपत बढाउनका लागि विभिन्न इभि एक्स्पोहरू भइरहेको उल्लेख गरे ।
घिसिङले विद्युत् खपतका लागि चार्जिङ स्टेसनहरू विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत् प्रशारण, वितरण र सव स्टेसनको विकास नभइ विद्युत् खपत बढाउन नसक्ने बताए । उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाइ गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए । घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको जिकिर गरे ।
घिसिङले अबको २ वर्षपछि नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था नआउने दाबी गरे । उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको उल्लेख गरे । उनले विद्युत् खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिट विद्युत् पनि खेर फाल्नु नहुने बताए ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया