कञ्चनपुरमा अक्सिजन नपाएर कोभिड-१९ संक्रमितको मृत्यु

धनगढी : कञ्चनपुरमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरूष कोभिड संक्रमितको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि शनिबार महाकाली अस्पतालमा भर्ना भएका ती पुरुषमा संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अक्सिजनको मात्रा कम भएपछि उनको मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।
यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ४८ वर्षीय पुरुषको धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बैशाख ३ गते कोरोना पुष्टि भएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । जसपाका संघीय परिषदका सदस्यसमेत रहेका उनको आज दिउसो मृत्यु भएको श्रेष्ठले बताए ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया