गण्डकी प्रदेश सभा: मनाङेले छोडे मुख्मन्त्रीको साथ, छुट्टै स्थान माग गर्दै निवेदन
पोखरा : मनाङबाट गण्डकी प्रदेश सभामा स्वतन्त्र उमेद्वार बनेर जितेका दीपक मनाङे (राजीव गुरुङ) ले नेकपा एमालेको साथ छाडेका छन् । एमालेकै समर्थनमा मनाङमाबाट विजयी भएकाले प्रदेश सभामा पनि एमालेकै सांसदका रूपमा रहेका थिए ।
सोमबार पनि प्रदेश सभामा उनी सत्तारुढ दल बस्ने रोमै बसेका थिए । सोमबारदेखि सुरु विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । सांसद मनाङे सो प्रस्तावको विपक्षमा उभिने आँकलन सत्ता पक्षको थियो ।
तर उनी संसद सचिवालयमा आफ्नो स्वतन्त्र सांसदको हैसियत माग गर्दै संसद्मा छुट्टै बस्ने सिटको माग गरेका छन् । संसद् सचिव हरिराज पोखरेलका अनुसार उनले छुट्टै स्थान माग गर्दै निवेदन दिएका छन् ।

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

प्रतिक्रिया