गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात लोकार्पण

काठमाडौं- गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। प्राध्यापक भुवन ढुंगाना, लेखक एवम् सम्पादक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले पुस्तक सार्वजनिक गरे।
कार्यक्रमका वक्ता श्रीओम श्रेष्ठ रोदनले पारिजातको व्यक्तित्व र उनको साहित्यिक यात्रा एवम् जीवन जगतबारे आफ्ना धारणा राखे। साथै उनले प्रेरणासँगका आफ्ना अन्तरंग सम्बन्धहरुबारे पनि कार्यक्रममा प्रस्ट्याए। पारिजातका विषयमा यति खोजमूलक पुस्तक ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको उनको भनाइ छ। श्रेष्ठले पारिजात इतिहासकै महान व्यक्तित्व भएको बताए। “पारिजातको विषयमा यस अघि पनि कृति लेखिएका छन्, पछाडि पनि लेखिएलान्। तर पारिजातको विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अरु भन्दा फरक छ।” उनले भने, “यो पुस्तक लेख्न उहाँले २ दशक लगाउनु भएको छ भने यसमा पक्कै केही विशेष छ।”
यस्तै अर्का वक्ता प्राध्यापक भुवन ढुंगानाले पारिजातका विषयमा यति सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताइन्। साथै उनले पारिजातसँगका आफ्ना सम्बन्ध एवम् भेटबारे पनि उल्लेख गरिन्। उनले पारिजातको व्यक्तित्वको विषयमा चर्चा गर्दै पारिजातको बाबासँगको सम्बन्धको बारेमा पनि कुराकानी गरिन्। उनले समग्रमा यो पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र हैन उनका कृतिहरुको बारेमा जान्नको लागि पनि उपयोगी रहेको बताइन्।
कार्यक्रममा लेखक प्रेरणाले ‘सुश्री पारिजात’ पुस्तक लेख्न आफूलाई वर्षौँ लागेको र यसका सामग्री खोजबिनमा लामो समय खर्चिएको बताए। उनले यो पुस्तक २ दशकको समय लगाएर लेखेको बताएका छन्। यस्तै जीवनी लेख्न शुरु गर्दा प्रेरणाले आफूसँग भएका थुप्रै नाममध्ये पारिजात नै छानेको पनि उल्लेख गरे। पारिजातलाई प्रत्यक्ष रुपमा भेटेर गरेका संवाद अनि उनका विविध अन्तरंग सम्बन्धहरुका विषयमा पनि उनले उल्लेख गरे।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_E9Sk4ZztXn_xyb1u7pjyi8eqbw89yizqbrtuonvgmxc7ys5zpq4z5rtaq0pjk4nkqsdozrv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया