शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

राष्ट्र बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा

फाइल फोटो

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । 

महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण गर्ने निर्णय भएको राष्ट्र बैंकले एक सूचनामार्फत जनाएको छ । 

राष्ट्र बैंकका अनुसार १ माघदेखि कार्य सञ्चालनमा आउने गरी बैंकभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गरिन लागेको हो ।