निश्चल–स्वस्तिमाको ‘साली मन पर्यो’ बन्यो १० करोडले हेरेको गीत

काठमाडौं- फिल्म ‘घामड शेरे’मा समावेश ‘साली मन पर्यो’गीतले नेपाली गीत संगीतमा नयाँ कीर्तिमान कायम गरेको छ । यो गीत रहेको युट्युब प्लेटफर्म ओएसआर डिजिटलका अनुसार यो गीतले १० करोड दर्शक पाएको छ । १० करोड पटक हेरिने सम्भवतः यो पहिलो नेपाली गीत हो ।
सार्वजनिक भएको केही समयमै करोड भ्युज पाएको गीतले त्यसयताका दिनमा पनि निरन्तर दर्शक पाइरहेको थियो । फिल्म हिट नभए पनि यो गीत भने पार्टी विवाहमा सदाबहार रुपमा बज्ने गरेको छ । यसमा पनि खास गरी विवाहको लगनको समयमा यो गीतले धेरै दर्शक पाउने गरेको थियो ।
हेमराज बिसी निर्देशित यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले नृत्य गरेका छन् । तीन वर्ष अघि सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटा र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द रचना र संगीत कालीकै रहेको छ । गीतलाई प्रदीप लामा र प्रमोद भण्डारीले कोरियोग्राप गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया