महासचिव गौतमलाई पदमा राखिरहन उपयुक्त हुँदैनः अधिवक्ता दाहाल

काठमाडौं– वरिष्ठ अधिवक्ता हरिहर दाहालले संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई महासचिवमा राखिरहन उपयुक्त नहुने टिप्पणी गरेका छन् । संसद्को निर्णयबेगर अनेकन अभियोगमा महाअभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई सफाइ दिने गरी पत्र जारी गर्ने अधिकार महासचिव गौतमलाई नरहेको अधिवक्ता दाहालले बताए ।
गौतममाथि संसद् सचिवालयले गम्भीरतापूर्वक छानबिन गरी उनलाई कारबाहीस्वरूप पदबाट मुक्त गर्नुपर्ने दाहालको भनाइ छ । ‘संसद्को निर्णयबेगर पत्र लेख्ने व्यक्तिलाई महासचिवमा राखिरहन उपयुक्त हुँदैन । यो विषयमा राष्ट्रियसभा र आउने संघीय संसद् दुवैले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ । उहाँलाई महासचिव राखिरहन आवश्यक छ कि छैन भनेर निर्णय गर्नुपर्छ,’ दाहालले शुक्रबार इकागजसँग भने ।
महासचिव गौतमको कदमलाई उनले बदनियतको संज्ञा दिए । प्रतिनिधिसभाको आगामी कार्याकालमा चोलेन्द्रमाथिको महाभियोगको विषय विशेष सूचीमै नपरोस् भन्ने उद्देश्य राखेर महासविच गौतमले उक्त पत्र जारी गरेको दाहालको भनाइ छ । ‘उहाँ यो विषयलाई अहिल्यै तह लगाउन चाहन्थे । ताकि आगामी प्रतिनिधिसभासमा यो सूचीमै नपरोस्,’ उनले बताए ।
निलम्बित प्रधानन्यायाधीश जबराको महाअभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा सकिएको छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सदस्य रहेको इजलासमा भएको बहस अहिले सकिएको हो ।
उक्त रिटमाथि भएको बहसको फैसला केही बेरमा आउँदैछ ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया