चलचित्र विकास बोर्डको दोहोरो चरित्र : पहिले आफैँ कोर्ड दिने अहिले हललाई कारबाहीको धम्की !

काठमाडौँ - चलचित्र विकास बोर्डले शुक्रबार मध्यान्नमा विज्ञप्ति जारी गर्दै सिनेमाघरलाई विश्वकप नदेखाउन उर्दी जारी गर्यो । अचानक जारी विज्ञप्तिमा विश्वकप देखाए कारबाहीको भागीदार बन्नुपर्ने बोर्डले चेतावनी दिएको छ ।
चलचित्र विकास बोर्डले यतिबेला यो उर्दी जारी गरेको छ जब हलले बेलुकीको समयमा फुटबल देखाउने गरी बुकिङ खोलेका छन् । केही सिनेमाघरका सञ्चालकका अनुसार यसरी खुलेका बुकिङमा दर्शकको चाप पनि छ । तर चलचित्र विकास बोर्डले समय घर्किसकेपछि फुटबल नदेखाउन हलवालालाई धम्कि दिएको छ ।
तर चलचित्र विकास बोर्ड अन्तर्गत रहेको बक्स अफिसले भने केही दिन अगावै फुटबल देखाउने भए मुभी कोड प्रयोग गर्नुस् भन्दै हलवालालाई कोड पठाएको सूचना इकागजलाई प्राप्त भएको छ । बक्स अफिसबाट सम्पूर्ण हललाई गएको इमेलमा मुभी कोड र डिस्ट्रिब्युटर कोड गरी दुई कोड हललाई पठाइएको छ र फुटबललाई विदेशी फिल्म सरहको टिकट मूल्य लागू गर्न आग्रह गरेको छ ।
तर १० दिनअघि आफैँले पठाएको सूचनाको धज्जि उडाउँदै बोर्डले अन्तिम समयमा हललाई फुटबल नदेखाउन चेतावनी दिएको हो । हल सञ्चालक भने बोर्डको यो निर्णय जथाभावी भएको बताउँछन् । उनीहरूले फुटबल स्पोर्टिङ इभेन्ट भएकाले बोर्डसँग यसको कुनै सरोकार नभएको बताउँछन् ।
भुवन केसी विकास बोर्ड अध्यक्ष बनेसँगै चलचित्र विकास बोर्ड अनेक विवादमा फस्ने गरेको छ । ‘प्रेमगीत ३’लाई नेपाली सरह कि विदेशी सरह नेपालमा रिलिज गर्न दिने विवादमा भुवन केसी आफ्नो अडानबाट पछि हट्न बाध्य भएका थिए । यसैगरी अध्यक्ष केसीले फिल्म सेन्सरका लागि हप्ता दिनअघि कागजपत्र बुझाउनु पर्ने निर्णय पनि १५ दिन पनि टिकेको थिएन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया