कपडा पसलमा आगलागी

धनुषा- जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ ।
स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया