एकै रातमा तीन वटा पसलमा चोरी

महोत्तरी- शुक्रबार राति महोत्तरीको बर्दिवासमा तीन वटा पसलमा चोरी भएको छ ।
बर्दिवासस्थित पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसल, खड्का सप्लायर्स कोल्ड र आराध्य अटो मोटर पार्टस एण्ड सर्भिसेज सेन्टरबाट चोरी भएको हो ।
खड्का सप्लायर्स कोल्ड स्टोरबाट सामान र नगद गरी झण्डै ७० हजार, पन्चधुरा मसला मिल तथा माहादेव जेनेरल स्टोरवाट सामान र नगद गरी झण्डै एक लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
त्यसैगरी आराध्या मोटर पार्टसबाट सामान र नगद गरी दुई हजार बराबरको चोरी भएको उक्त मोटर पार्टसका संचालक बिक्रम थापाले जानकारी दिए ।
आराध्य मोटर पार्टस र खड्का सप्लायर्स कोल्ड स्टोरसगै जोडिएका छन् । खड्का सप्ल्यार्स कोल्ड स्टोरमा पुग्न आराध्या मोटर पार्टसको सटर प्रयोग गरेको पाइएको छ ।
आराध्या मोटर पार्टसबाट मान्छे छिर्न सक्ने प्वाल बनाएर पसलमा चोरी गरेको खड्का सप्ल्यार्स कोल्ड स्टोरका संचालक सुरज खड्काले बताए ।
प्रहरीले शंका लागेका केहीलाई निगरानी बढाएको छ । पीडितहरुले शंका गरेका सेहीनाइ निगरानी बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।
प्रहरीको अनुसार पन्चधुरा मसला मिल तथा माहादेव जेनरल किराना पसलको छानोको जस्ता उखलेर चोरभित्र पसेको देखिएको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया