ग्ल्यामर भन्दा पनि अभिनयमा रुचि राख्छुः नम्रता सापकोटा

काठमाडौँ- नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ ।
फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रबार साँझ दर्शकहरूसँगै चलचित्र हेरिसकेपछि कलाकारहरूले दर्शकहरूबाट राम्रो माया पाएको बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरू चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरू चाँडै फैलिने भन्ने कुरालाई चलचित्रमा देखाइएको बताइन् । उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको जिकिर गरिन् ।
चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको उनकाे भनाइ छ । ग्लामर आफ्नो ठाउँमा भए पनि आफूलाई अभिनय गर्दा मजा लाग्ने उनकाे अनुभव छ । उनले चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतूहलता हुने बताइन् ।
कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय रहेकाे छ । चलचित्रको मुख्य भूमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो ।
चलचित्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।
चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया