पार्टी विभाजन होइन सङ्गठित बनाउन लागेको छु : नेता नेपाल

चितवन : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधबकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । सोमबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए ।
आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उनले भने, 'हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ । पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा ।' अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उनले थपे, 'कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखापाखा हुन दिँदैनौद्द । एकताबद्ध बनाउँछौँ । सही विचारको पक्षमा उभिने बनाउँछौँ ।'
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, 'उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।' आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उहाँले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताए । उनले भने, 'पार्टी विभाजन भएको छैन । लचिलो बन्नु पर्यो भन्ने कुरा हो ।'
कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उनको भनाइ थियो । समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उनले बताए । पार्टी भित्रको समस्या के हो ? कार्यकर्ताको भावन के हो भन्ने बुझ्न जरुरी रहेको उनको जिकिर थियो । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारबाही जायज नभएको नेता नेपालले दाबी गरे । रासस

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

प्रतिक्रिया