कतार विश्वकप : सेमिफाइनल समीकरण पूरा

काठमाडौं - मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।
अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा दुई पटकको च्याम्पिन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित गरेको हो ।
यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
सेमिफाइनल खेलहरू बुधबार र बिहीबार राति हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ । दुवै खेल राति पौने एक बजे सुरु हुनेछ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया