फिल्म निर्देशनमा डेब्यू गर्दै टेलर स्विफ्ट

लसएन्जल्स- ग्रामी अवार्ड विजेता गायिका टेलर स्विफ्टले फिचर फिल्म निर्देशनमा डेब्यू गर्ने भएकी छिन् । सर्चलाइट पिक्चरले निर्माण गर्ने सिनेमाको पटकथा पनि टेलर स्वयंको रहनेछ । डिज्नेको भगिनी कम्पनी सर्चलाइटले यसअघि ‘दि सेप अफ वाटर’, ‘नोमड ल्यान्ड’ जस्ता फिल्म बनाएको थियो । यो साल अस्करमा मुख्य दाबेदार मानिएको ‘दि बन्सिस अफ इनसिरिन’ पनि सर्चलाइटले नै बनाएको हो । सर्चलाइटले टेलरले फिल्म निर्देशन गर्ने खबर सत्य रहेको बताए पनि विषय वस्तुको बारेमा भने बोल्न चाहेन ।
‘टेलर यो पिंढीको दुलर्भ कलाकार र कथावाचक हुन् । उनको नयाँ रचनात्मक यात्रामा सहयात्रा गर्न पाउँनुलाई कम्पनीले अवसर ठानेको छ,’ सर्चलाइटका अध्यक्षले भनेका छन् । टेलरले यही साल मात्र एमटीभी म्युजिक अवार्डमा भिडियोमा निर्देशकको रुपमा ह्याट्रिक गरेकी थिइन् । टेलरलाई लामो म्युजिक भिडियो निर्देशन गर्ने दोस्रो महिला मानिन्छ जसले सन् २०२१ मा ‘अल टु वेल ः दि सर्ट फिल्म’ निर्देशन गरेकी थिइन् ।
टेलरले अहिलेसम्म ११ वटा ग्रामी जितेकी छिन् भने तीन पल्ट एल्बम अफ दि इयर जित्ने एक मात्र गायिका हुन् । उनको १० मिनेट लामो ‘अल टु वेल ः दि सर्ट फिल्म’लाई यो पटक अस्करमा समेत मनोनयनमा पर्न सक्ने फिल्ममा रुपमा हेरिएको छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया