पञ्जाबमाथि कोलकाताको ५ विकेटको जित
काठमाडौँ : आइपीएल क्रिकेटमा कोलकाताले पञ्जाबलाई हराएको छ । सोमबार राती भएको खेलमा कोलकाताले पञ्जाबलाई ५ विकेटले हराएको हो । अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो ।
उसका लागि मयंक अग्रवालले ३१ र क्रिस जोर्डनले ३० रन बनाए । १२४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । कोलकतालाई जिताउन कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रनको योगदान दिए ।
जितसँगै कोलकाता ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा छ भने पञ्जाब पाँचौ स्थानमा छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया