आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सुदीप आचार्य अभिनित 'बरिलै' सार्वजनिक

काठमाडौँ- सुदीप आचार्य अभिनित ‘बरिलै,’ बोलको गीत युटुयबुमा सार्वजनिक  भएको छ ।

भीम बिसीको शब्द रहेको गीतमा टेक बिसीले संगित गरेका छन् भने एलिना चौहानले स्वर दिएकी छन् । यसअघि गायिका चौहानको तीन दर्जन बढी  गीतहरू बजारमा आइसकेका छन् । उक्त गीत साइराम पिक्चर्सले बजारमा ल्याएको हो ।

गीतको म्युजिक भिडियोको निर्देशन प्रमोद भण्डारीले गरेका छन् । गीतमा सुदीप आचार्य र भूमिका केसीले अभिनय गरेका छन् । उनले एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।