कर्णालीबाट को-को बने समानुपातिक सांसद ?

सुर्खेत- प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशबाट सबै दलहरूले समानुपातिक सांसदको टुंगो लगाएका छन् । नेकपा एमालेबाट दैलेखकी सूर्यकुमारी श्रेष्ठ समानुपातिक सांसदमा चयन भएकी छिन् भने रुकुम पश्चिमका चन्द्रबहादुर विश्वकर्मा दलित कोटाबाट समानुपातिक सांसद बनेका छन् ।
नेपाली कांग्रेसबाट जुम्लाकी कान्तिका सेजुवाल, जाजरकोटकी मैना रावल कार्की, दैलेखकी सीताकुमारी राना चयन भएकी छन् । सेजुवाल र मैना खसआर्य पिछडिएको क्षेत्रबाट सांसद चयन भएका हुन् भने राना महिला खस आदिवासी कोटाबाट बनेकी हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रबाट हुम्लाकी छिरिङ ल्यामु लामा तामाङ समानुपातिक सांसद चयन भएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुम्लाकी बिनिता कठायत प्रतिनिधि सभामा समानुपातिक सांसद चयन भएकी छन् ।
यता प्रदेश सभातर्फ भने कर्णाली प्रदेश सभातर्फ एमाले र कांग्रेस र समाजवादीले टुङ्गो लगाइसकेका छन् भने माओवादी केन्द्रले भने टुङ्गो लगाएको छैन ।
कर्णालीमा प्रदेश सभातर्फ कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह, दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही, हुम्लाकी बिजया बुढा, सल्यानकी लक्ष्मी सुनार (दलित) र जनजातिबाट सुर्खेतकी बलिमाया बुढा समानुपातिक सांसद बनेकी छन् ।
एमालेबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, हुम्लाका कलबहादुर हमाल, दैलेख आठबीस नगरपालिकाकी गमता विक र सुर्खेतकी नन्दा गुरुङ चयन भएका छन् । त्यसैगरी राप्रपाले सुर्खेतकी संतोषि शाहीलाई चयन गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) बाट रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक सांसद चयन भएकी छिन् । समानुपातिकतर्फ १६ जनामध्ये १२ जना सांसद चयन भएका छन् भने बाँकी टुंगो लाग्दैछ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया