सेल्सबेरीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाडौँ- सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने योजना ल्याएको छ । क्यासब्याकको अफर नेपाल भरिका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ ।
डाइनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । सेल्सबेरीमा नेपाल पे क्यूआरको सेवा हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको कम्पनीले जनाएको छ । देशको सबै भन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।
हाल नेपाल पे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया