कैलाली क्षेत्र नं १ बाट तीन महिला प्रतिनिधिसभामा

कैलाली - कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीन जना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रका रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीन जना महिलाको सहभागिता हुने देखिएको हो ।
प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै जनाले यसअघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिई सकेकी छिन् । टीकापुर घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा विजयी हुने एक्लो महिला हुन् ।
समानुपातिकतर्फ सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्यमा प्रमुख दलमध्ये नेपाली कांग्रेसले डा आरजु राणा देउवा डडेलधुरा, ईश्वरी न्यौपनो कैलाली र माओवादीले स्वसी चौधरीलाई कैलालीबाट सिफारिस गरेको छ ।
अर्को प्रमुख दल एमालेबाट भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सुदूरपश्चिमबाट महिलाको सिफारिस शून्य रहेको छ । एमालेबाट प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार रहेका गौरी ओली, डोटी र निरुदेवी पाल, कञ्चनपुरबाट पराजित भएक थिए । यसअघि संविधानसभाको सदस्य रहिसकेकी कांग्रेस नेत्री राणा हाल पार्टीको केन्द्रीय सदस्य छिन् ।
यस्तै संविधानसभा सदस्य रहेकी कांग्रेस नेत्री न्यौपानेले भने २०७४ को निर्वाचनमा कैलाली–१ बाट प्रत्यक्ष निर्वाचनमा पराजय व्यहोरेकी थिइन् । माओवादी केन्द्रकी रुपा स्वसी पहिलो संविधानसभा सदस्यमा सोही क्षेत्रको प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा यसै क्षेत्रबाट प्रत्यक्ष चुनावमा निर्वाचित रेशमलाल चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गरी कारावासको फैसला सुनाएपछि सो क्षेत्रका जनताले सांसदविहीनताको महसुस गरेका थिए ।
हालै सम्पन्न निर्वाचनबाट भने क्षेत्र नं १ ले प्रतिनिसभामा तीन जना सशक्त महिलाको उपस्थिति देखिएको छ । आ–आफ्नो पार्टीभित्र प्रभावशाली नेताका रुपमा हेरिने तीनै जना महिला एकै पटक, एकसाथ संघीय संसद्मा चुनिँदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रुपान्तरणमा टेवा पुग्ने विश्लेषण गरिन थालिएको छ ।नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले भने, `पाँच वर्ष जनप्रतिनिधिविहीन जस्तै रहेको क्षेत्र नं १ मा एकै पटक तीनजना सशक्त महिला प्रतिनिधिसभामा पुग्नुलाई उपलब्धि मान्न सकिन्छ ।`
रासस

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया