आजदेखि आचारसंहिता फुकुवा, समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी
उम्मेदवारको नाम अपराह्नसम्म सच्याउन पाइने

काठमाडौं - समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूबाट निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगले आज सार्वजनिक गर्ने तयारी गरेको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी आयोगले आज निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको हो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए ।
त्यस्तै आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई समय दिएको छ ।
आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई त्रुटि सच्याएर पुनः विवरण पठाउन आज दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।
यस्तै आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ । आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहित आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो ।
समानुपातिकसहित निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि आयोगले आचारसंसहिता निष्क्रिय हुने भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया