अध्यादेशबारे बास्कोटा भन्छन्- गठबन्धनलाई मुरीकामुरी बधाई, ग्लोरीफाई टोली छॅंदैछ कराउनेले के गर्न सक्छन र ?

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अध्यादेश प्रकरणबारे सरकारलाई व्यङ्ग्य गरेका छन् । सोमबार ट्वीट गर्दै बास्कोटाले सरकारलाई व्यङ्ग्य गरेका हुन् ।
'अग्रगामी कदम चालेकोमा देउवा गठबन्धनलाई मुरीकामुरी बधाई !!!' बास्कोटाले ट्वीट गरेका छन् 'ग्लोरीफाई टोली छॅंदैछ,कराउनेले के गर्न सक्छन र ?'
कामचलाउ शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार मुलुकी फौजदारी संहिता २०७४ मा संशोधनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहलाई फाइदा हुनेगरी ल्याउन लागेको उक्त अध्यादेशको चौतर्फी विरोध भएको छ ।
कैलालीमा २०७२ मा भएको 'टीकापुर काण्ड'मा रेशम चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् ।
यसअघि गत भदौ २७ को मन्त्रिपरिषद बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो । भदौ २७ को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उनीहरूको रिहाइका लागि अध्यादेश ल्याएको हो ।
मन्त्रिपरिषदको बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो ।
सरकारले टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो ।
अग्रगामी कदम चालेकोमा देउवा गठबन्धनलाई मुरीकामुरी बधाई !!! ग्लोरीफाई टोली छॅंदैछ,कराउनेले के गर्न सक्छन र?
— Gokul Prasad Baskota (@GokulPBaskota) December 12, 2022

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया