सनिगाड हाइड्रोले सर्वसाधारणका लागि सेयर जारी गर्ने

काठमाडौं । सनिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उसले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
बझाङमा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले सर्वसाधारणहरुका लागि ६७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिक तथा सर्वसाधारणसमेतका लागि हो ।
सनिगाड हाइड्रो कम्पनीका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएको छ । दुई करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया