अध्यादेशले राष्ट्रलाई दीर्घकालीन घात हुनसक्छः पूर्वन्यायाधीश वस्ती

काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याउन लागेको अध्यादेशले राष्ट्रलाई घात हुने आशंका व्यक्त गरेका छन् । क्षणिक लाभ परिपूर्तिका लागि दलहरूले अध्यादेश ल्याउँदा राष्ट्रलाई त्यसको दीर्घकालीन घाटा हुने सक्ने उनले बताए ।
उनले दलहरूले आफैँ अदालत बनिरहेको आरोप लगाए । यो परिपाटी डरलाग्दो भएको उनको जिकिर छ । ‘दलहरू आफैँ समानान्तर अदालत बनिरहेको कुराले मलाई डर लागिरहेको छ,’ इकागजसँगको संवादमा उनले चिन्ता व्यक्त गरे, ‘जिल्लाबाट मुद्दा हार्याे । उच्चबाट हार्याे । सर्वोच्च धाउनु परेन । राजनीतिक मुद्दा भनेपछि सफाइ पायो ।’
उनले अगाडि भने, ‘सरकारले के सोच्नुपर्छ भने अहिले हात्ती बनाएपछि भोलि कुखुरा, परेवा, घोडा जे पनि छिर्छ ।’
आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । यो अध्यादेश पारित भएको अवस्थामा टीकापुर घटनामा मुख्य दोषी ठहर भई आजीवन कारावासको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरीसहित मधेस आन्दोलनमा पक्राउ परेका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता हुनेछ ।
प्रधानमन्त्री देउवा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन उनले यो अध्यादेश ल्याएको भन्दै अहिले उनको विरोध भइरहेको छ । उक्त अध्यादेश पारित भएपछि देउवाले सरकार गठनका लागि नागरिक उन्मुक्ति र जनमत पार्टीको समर्थन पाउनेछन् ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया